कञ्चनपुरबाट अवैध कुखुराका चल्ला बरामद


[बेलौरी खबर ]
लेखक : admin      ७ महिना अगाडि मा प्रकाशित     
कञ्चनपुरबाट अवैध कुखुराका चल्ला बरामद

कञ्चनपुरमा अवैध कुखुराका चल्ला बरामद गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका ६ भुराकोटबाट अवैध रुपमा भारतबाट ल्याएका अन्दाजी ५० हजार मूल्य बराबरको ५०० वटा कुखुराका चल्लाहरू आइतबार दिउँसो प्रहरीले बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको बताएको छ।