कञ्चनपुरको शुक्लाफाँटामा सेफ्टिट्यान्कीमा परेर हात्तीको मृत्यु


[बेलौरी खबर ]
लेखक : admin      ८ महिना अगाडि मा प्रकाशित     
कञ्चनपुरको शुक्लाफाँटामा सेफ्टिट्यान्कीमा परेर हात्तीको मृत्यु

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीको मृत्यु भएको छ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयमा रहेको सेफ्टिट्यान्कीमा परेर जंगली हात्तीको मृत्यु भएको वडा अध्यक्ष प्रताप धामीले बताए। राति चर्न निस्किएको हात्ती सेफ्टिट्यान्कीमा परेर निस्किन नसकेर मृत्यु भएको उनले बताए।