कञ्चनपुरको गड्डाचौकी सडक खण्डमा चक्काजाम


[बेलौरी खबर ]
लेखक : admin      ८ महिना अगाडि मा प्रकाशित     
कञ्चनपुरको गड्डाचौकी सडक खण्डमा चक्काजाम

कंचनपुर – कंचनपुरमा चक्काजाम गरिएको छ । इन्टरनेट प्रदायक कम्पनीको लापरबाहीका कारण युवकको मृत्यु भएको भन्दै कञ्चनपुरको गड्डाचौकी सडक खण्डमा चक्काजाम गरिएको हो । इन्टरनेटको तार टाउकोमा लागेर बुधवार साँझ स्थानीय दिनेश ओडको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले आज(बिहिवार) बिहानैबाट प्रदर्शन गरेका हुन् ।

उनीहरूले भीमदत्त नगरपालिका–५ सुकासाल अन्तर्गतको सडकमा ढुंगा राख्दै टायर बालेर चक्काजाम गरेका छन् । जथाभावी तार छाड्ने कम्पनीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित प्रदर्शन गरेको स्थानीय विशाल कुमार तिरुवाले बताए ।

गड्डाचौकी सडक खण्ड अवरुद्ध हुँदा नेपाल भारत आवतजावत गर्ने यात्रुलाई सास्ती भएको छ ।