कञ्चनपुरका सामुदायिक वनमा चितुवा देखिन थालेपछि स्थानीयमा त्रास


[बेलौरी खबर ]
लेखक : admin      ११ महिना अगाडि मा प्रकाशित     
कञ्चनपुरका सामुदायिक वनमा चितुवा देखिन थालेपछि स्थानीयमा त्रास

कञ्चनपुर – कञ्चनपुरका सामुदायिक वनमा चितुवा देखिन थालेपछि स्थानीयमा त्रास छाएको छ । जिल्लाको राजघाट, पुनर्वास, बेलौरी लगायत क्षेत्र आसपासका सामुदायिक वनमा चितुवा देखिन थालेका हुन् ।

सामुदायिक बनबाट रातिको समयमा चितुवा गाउँमा आएर गोठमा रहेका पशुलाई आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास छाएको हो । 

प्रदेश सभा सदस्य ओम विक्रम भाट “सरल” को पहलमा बाघ वा चितुवा के हो भन्ने पहिचान गर्न सामुदायिकमा ४ वटा स्वचालित क्यामेरा जडान गरीएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा डिभिजन वन कार्यालय कन्चनपुरले वनदेवी सामुदायिक वन र सीता सामुदायिक वनमा  स्वचालित क्यामेरा जडान गरिएको हो । 

क्यामेरा जडान पछि प्रदेश सभा सदस्य भाटले स्थानीयहरुलाई सचेत भएर बस्न आग्रह गरेका छन् ।