कंचनपुरमा ७० वर्षीया वृद्धालाई बलात्कार गर्न खोज्ने युवक पक्राउ


[बेलौरी खबर ]
लेखक : admin      ७ महिना अगाडि मा प्रकाशित     
कंचनपुरमा ७० वर्षीया वृद्धालाई बलात्कार गर्न खोज्ने युवक पक्राउ

कंचनपुरमा ७० वर्षीया वृद्धामाथि बलात्कार गर्न खोज्ने युवक पक्राउ परेका छन् ।

प्रहरिका अनुसार जबरजस्ती करणी उद्योग गरेको अभियोगमा दोधाराचाँदनी नगरपालिका–७ बस्ने ३२ वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको हो ।

सुनारले वृद्धालाई भदौ १४ गते राति घरमा सुतेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधाराको टोलीले पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।