कंचनपुरमा प्रहरिको हिरासतमा रहेका थुनुवा भ्यान्टीलेसनको ग्रिल तोडेर फरार


[बेलौरी खबर ]
लेखक : admin      ८ महिना अगाडि मा प्रकाशित     
कंचनपुरमा प्रहरिको हिरासतमा रहेका थुनुवा भ्यान्टीलेसनको ग्रिल तोडेर फरार

कंचनपुरमा प्रहरिको हिरासतमा रहेका एक थुनुवा फरार भएका छन् ।

कंचनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालयको हिरासत कक्षबाट बुधवार राति ८ः३० बजेतिर थुनुवा फरार भएका हुन् । कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तिबोझाका २६ वर्षीय विरेन्द्र बडायक प्रहरी हिरासतबाट भागेको प्रहरिले जानकारी दिएको छ ।

बडायक ईलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धि मुद्दा दर्ता भई साउनको १९ गतेदेखि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षमा थुनिएका थिए ।

उनी भ्यान्टीलेसनको ग्रिल तोडेर भागेको बताइएको छ । उनको खोजतलासमा प्रहरी निरीक्षक यामबहादुर मल्लको कमाण्डमा ३० जनाको प्रहरी टोली खटाइएको छ ।