ओडिशा रेल दुर्घटनाको मुख्य कारण पत्ता लाग्यो : रेलमन्त्री वैष्णव


[बेलौरी खबर ]
लेखक : admin      ४ महिना अगाडि मा प्रकाशित     
ओडिशा रेल दुर्घटनाको मुख्य कारण पत्ता लाग्यो : रेलमन्त्री वैष्णव

भारतको ओडिशा राज्यअन्तर्गत बालासोरमा भएको रेल दुर्घटनाको अनुसन्धान पूरा भइसकेको र यसको मुख्य कारण पनि पत्ता लागेको रेलमन्त्री अश्विनी वैष्णवले बताएका छन्। 

रातभरि मर्मत कार्यको अनुगमन गरिरहेका रेलमन्त्रीले आइतबार बिहान सञ्चारकर्मीसँगको कुराकानीमा सो जानकारी दिएका हुन्।

रातारात एउटा ट्र्याक मर्मतको काम सकिएको उनले बताए। अहिले ओभरहेड तारको काम भइरहेको छ।

उनले भने, ‘अनुसन्धान पूरा भइसकेको छ, कमिश्नर (रेल सुरक्षा) ले जतिसक्दो चाँडो आफ्नो पूर्ण छानबिन प्रतिवेदन दिनेछन्। यो प्रतिवेदन आएपछि सबै तथ्य थाहा हुन्छ तर यस्तो दर्दनाक दुर्घटनाको मूल कारण थाहा भएको छ।’

बालासोर दुर्घटनामा अहिलेसम्म २८८ जनाको मृत्यु भइसकेको छ।