एक होटलबाट चितुवाको छालासहित २ जना पक्राउ


[बेलौरी खबर ]
लेखक : admin      ४ महिना अगाडि मा प्रकाशित     
एक होटलबाट चितुवाको छालासहित २ जना पक्राउ

कैलालीस्थित धनगढीको एक होटलबाट चितुवाको छालासहित २ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी स्थित बोराडाँडीमा रहेको न्यू रोहन होटेल एण्ड रेष्टुरेन्टबाट एक थान चितुवाको छालासहित २ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर १२ का गोविन्द भट्टराई र कञ्चनपुरको बेदकोट नगरपालिका–७ का बामदेव जोशी पक्राउ परेका हुन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक प्रकाश कडायतको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुमाथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।