एक व्यवसायीको गोदाम घरबाट अवैध सामान नियन्त्रणमा


[बेलौरी खबर ]
लेखक : admin      ७ महिना अगाडि मा प्रकाशित     
एक व्यवसायीको गोदाम घरबाट अवैध सामान नियन्त्रणमा

बेलाैरी,१८ असाेज । कञ्चनपुरका एक व्यवसायीको गोदाम घरबाट अवैध सामान नियन्त्रणमा लिइएको छ। कञ्चनपुर महेन्द्रनगरका व्यवसायी तीर्थ भाटको गोदाम घरबाट ठूलो परिमाणमा अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीले बिहीबार दिउँसो भाटको भीमदत्त नगरपालिका– ६ ऐठपुरस्थित घरबाट ठूलो परिमाणमा अवैध सामान बरामद गरेको हो। प्रहरी निरीक्षकद्वय पुष्करराज पन्त र हर्षबहादुर चन्दले भारतबाट ल्याएको सामान पछ्याउँदै निवासमा पुगेपछि प्रहरी टोलीले तीन बोरा चिनी र एक बोरा मिस्रीसहित भन्सार नकाटेका अन्य सामान बरामद गरेको थियो।

सामान बरामद गरिएको स्थलमा पुगेका कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले भन्सार चोरी पैठारीका सामान बरामद गरिएको बताए। प्रहरीले चाडबाडका वेला विशेष अभियान नै चलाएका उनले बताए । यही सिलसिलामा भाटनिवासमा समेत फलो गर्दै जाँदा सामान बरामद गरेको जानकारी दिए।

बरामद गरिएका सामान अधिकांश खाद्यान्न र किराना पसलका रहेका र बरामद गरिएको सामान लाखौँ मूल्यका रहेको बताए। व्यवसायी तीर्थ भाटले भने आफू बिरामी भएकाले चार महिना लगातार पसल बन्द गर्नुपर्ने भएकाले सामानको बिलबिजक कतै राखिएकाले खोज्नुपर्ने बताएका छन् ।