उल्टो म्युजियम सञ्चालनमा


[बेलौरी खबर ]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
उल्टो म्युजियम सञ्चालनमा

कञ्चनपुर, १९ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा उल्टो म्युजियम सञ्चालनमा आएको छ । भीमदत्त नगरपालिका– ३ भाँसीस्थित महेन्द्रनगर म्युजियममा उल्टो म्युजियम सञ्चालनमा ल्याइएको हो ।

क्याप्टेन वेदप्रकाश उप्रेतीले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि हेलिकेप र स्विमिङ पुल सञ्चालनमा ल्याएका थिए । म्युजियमको ग्राउन्ड फ्लोरमा बुधबारदेखि उल्टो म्युजिम सञ्चालनमा आएको हो । महेन्द्रनगर म्युजियमका सञ्चालक वेदप्रकाश उप्रेतीले नेपालमै पहिलोपटक उल्टो म्युजियम सञ्चालनमा आएको दाबी गरे ।