आयल निगमको कार्यालय धनगढीले पेट्रोल भनेर पठाएको ट्यांकरमा डिजेल


[बेलौरी खबर ]
लेखक : admin      ८ महिना अगाडि मा प्रकाशित     
आयल निगमको कार्यालय धनगढीले पेट्रोल भनेर पठाएको ट्यांकरमा डिजेल

 नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले पेट्रोल भनेर पठाएको ट्यांकरमा डिजेल फेला परेको छ । बिहीवार आयल निगम धनगढीबाट पहलमानपुरको मित्र ट्रेडर्समा पठाइएको पेट्रोलको ट्यांकरमा डिजेल फेला परेको हो ।

मित्र ट्रेडर्सका सञ्चालक अजय बमका अनुसार पहलमानपुरमा रहेको पेट्रोल पम्पका लागि पठाइएको ट्यांकरमा रहेको पेट्रोल मापन गर्दा मात्रा कम फेला परेको र च्यामबरबाट पेट्रोल बाल्टीमा निकालेर परीक्षण गर्दा डिजेल मिसावट गरिएको थाहा भएकोहो ।

नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले बिहीवार पठाएको ना ५ ख ७७३ नम्बरको ट्यांकरमा पेट्रोलमा डिजेल मिसावट गरेको पाइएपछि इलाका प्रहरी कार्यालय सुख्खडले ट्यांकर नियन्त्रणमा लिएको छ ।

उनले ट्यांकरको एक च्याम्बरको पाइप खोलेर पेट्रोल बाल्टीमा भर्दा ३०÷३५ लिटर डिजेल मिसावट भएको देखिएको बताए । तर, अघिल्लो पटक डिजेल बोकेको ट्यांकरको पाइपम रहेको हुन सक्ने बताएका छन् ।