आमाबुबाले मोबाइल चलाउन नदिएपछि ९ बर्षका छोराले गरे आत्महत्या


[बेलौरी खबर ]
लेखक : admin      ५ महिना अगाडि मा प्रकाशित     
आमाबुबाले मोबाइल चलाउन नदिएपछि ९ बर्षका छोराले गरे आत्महत्या

मोबाइल चलाउन नदिएको भन्दै एक बालकले आत्महत्या गरेका छन् । कैलालीको गोदावरी नगरपालिका-७ हरैयाका भवन चौधरीका ९ बर्षिय छोरा पुन्टुले मोबाइल चलाउन नपाएको झोकमा आत्महत्या गरेको इलाका प्रहरी कार्यालय मालाखेतिका डिएसपी गणेश बरालले जानकारी दिए।

असार १९ गते पुन्टुले मोबाइल माग्दा आमाबुबाले नदिएपछि बालकले आफ्नै एक तले कच्ची घरको सुत्ने कोठामा सलले पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।