अवैध लागुऔषधसहित बेलौरीका दुई जना पक्राउ


[बेलौरी खबर ]
लेखक : admin      ६ महिना अगाडि मा प्रकाशित     
अवैध लागुऔषधसहित बेलौरीका दुई जना पक्राउ

अवैध लागुऔषधसहित कञ्चनपुरबाट दुई जनालाइ पक्राउ गरिएको छ ।  जिल्लाको बेलौरी नगरपालिका–१० कानीखल्लाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार ६ ग्राम ९२ मिलिग्राम लागुऔषधसहित बेलडाँडी गाउँपालिका–१ का २१ वर्षीय अर्जुन चौधरीसहित दुई जना शनिबार साँझ पक्राउ परेका हुन् ।

प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो ।