अभिनेता सारुक मृत्यु प्रकरणमा नम्रताले बल्ल मुख खोलिन्


[बेलौरी खबर ]
लेखक : admin      ८ महिना अगाडि मा प्रकाशित     
अभिनेता सारुक मृत्यु प्रकरणमा नम्रताले बल्ल मुख खोलिन्

काठमाडौं, भदौ ११ । अभिनेता सारुक ताम्राकारको मृत्य प्रकरणमा अभिनेत्री नम्रता श्रेष्ठले पहिलोपटक मुख खोलेकी छन् ।

सोमबार सामाजिक सञ्जाला फेसबुकमा स्टाटस लेख्दै उनले सारुक मृत्यु प्रकरणमा मुख खोलेकी हुन् । उनले आफू महिला भएकै कारण सामाजिक आक्रमण भएको उल्लेख गरेकी छन् ।

उनले आफ्नो मौनतालाई कमजोरी नठान्न समेत अपील गरेकी छन् । सारुकको मृत्यु प्रकरणमा आफूले प्रहरी प्रशासनमा उपस्थित भएर बयान दिइसकेको भन्दै नम्रताले सारुकप्रति न्यायको माग गर्दै ‘जस्टिस फर सारुक’ लेखेकी छन् ।

नम्रता र सारुकले फिल्म ‘ह्यासट्याग’मा सँगै काम गरेका थिए ।