अबैध सामानसहित एक जना पक्राउ


[बेलौरी खबर ]
लेखक : admin      ९ महिना अगाडि मा प्रकाशित     
अबैध सामानसहित एक जना पक्राउ

कञ्चनपुरमा अबैध सामानसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ बाट भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा ताला चाबीलगायत अबैध सामान र एक थान मोटरसाइकलसहित एक जना पक्राउ परेका छन्।

प्रहरीले पक्राउ गरेका मानिसको परिचय खुलाएको छैन् । ७२ हजार १२० मुल्य बराबरका सामानसहित पक्राउ परेका मानिसलाई कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको प्रहरीले जनाएको छ। सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।