अपराधीलाई संरक्षण दिइँदा टीकापुरमा खुकुरी प्रहार जस्ता अपराध बढ्दै


[बेलौरी खबर ]
लेखक : admin      ५ महिना अगाडि मा प्रकाशित     
अपराधीलाई संरक्षण दिइँदा टीकापुरमा खुकुरी प्रहार जस्ता अपराध बढ्दै

मंगलबार कैलालीको टिकापुरमा दुई युवा माथि खुकुरी प्रहार भयो ।  नेकपा एमाले कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य समेत रहेका प्रकाश खड्का र युवा संघ कैलालीका सदस्य बम ओली माथि खुकुरी प्रहार भएको हो ।

पाखुरामा खुकुरी र रड प्रहार भएर दुवै जना घाइते भएका छन् । खुकुर प्रहार भएपनि आक्रमणमा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै आरोप लागेको छ ।   प्रहरीले अपराधलाई राजनीतिक आडमा ढाकछोप गर्ने गर्दा अपराधिक गतिविधिले बढावा पाएकाले पछिल्लो समय टिकापुरमा आपराधिक क्रियाकलाप बढिरहेको खड्काले आरोप लगाएका छन् ।

‘हामी संगठन विस्तार गरेर फर्किँदै थियौँ ज्यान मार्ने उद्देश्यले हामी माथि आक्रमण गरियो’ खड्काले भने ‘जयन्द्र शाहको निर्देशनमा आक्रमण गरिएको हो । प्रहरीले उनीहरूलाई संरक्षण गरिएको छ । प्रहरीकै मिलेमतोमा शाहले खुकुरी प्रहार गरेको खड्काले आरोप लगाएका छन् ।

दैनिक हुने अपराधका कारण कैलालीको टीकापुरमा असुरक्षा बढेको महसुस गरिएको स्थानीय बताउछन् । यो क्षेत्रमा लागुऔषधको प्रयोग, दैनिक झै–झगडा, खुकुरी प्रहार जस्ता घटना घटिरहन्छन् ।