अत्तरियामा चिडियाखाना स्थापना गरिने


[बेलौरी खबर ]
लेखक : admin      ६ महिना अगाडि मा प्रकाशित     
अत्तरियामा चिडियाखाना स्थापना गरिने

अत्तरिया – कैलालीको अत्तरिया क्षेत्रमा चिडियाखाना स्थापना गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख देवराज जोशीले अत्तरिया आसपासको क्षेत्रमा रुख विरुवा कम भएको तथा अतिक्रमणको जोखिम रहेको वन क्षेत्रमा संघ सरकारको समन्वयमा प्रदेश स्तरिय चिडियाखाना स्थापना गरिने बताएका छन् ।

उनका अनुसार चिडियाखानाको लागि आगामी आर्थिक बर्षमा क्षेत्र निर्धारण, सिमाङ्कन र गुरुयोजना तयार गरी आगामी आर्थिक बर्ष भित्र नै स्वीकृत गरी कार्य प्रारम्भ गरिने छ ।